साहित्य

हङकङ साझा श्रृंखलामा ‘आकार हामीले हिँडेर आएको बाटोको’ लोकार्पण

422views

कवि तथा चित्रकार रमण गुरुङको कविता-कृति ‘आकार हामीले हिँडेर आएको बाटोको’ हङकङ साहित्यिक साझा श्रृंखलाको १२९औं श्रृंखलामा लोकार्पण गरिएको छ ।

श्रृंखलाका संरक्षक दाजुको गुरुङको अध्यक्षता तथा नेपाली महावाणिज्यदूतावास हङकङका उपवाणिज्यदूत भोजकुमार भट्टराईको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा कवि गुरुङको कवितासंग्रह सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भट्टराईले आफू पनि साहित्यको विद्यार्थी भएको नाताले नेपाली भाषा र साहित्यको विकासका लागि हुने कार्यक्रमहरुलाई व्यक्तिगत तथा संस्थागत सहयोग रहने प्रतिबद्वता व्यक्त गर्नु भयो ।

कवि तथा पत्रकार टिबि याख्खाद्वारा संचालन गरिएको उक्त कार्यक्रममा हङकङ नेपाली महासंघकि अध्यक्ष रिता गुरुङ, एनआरएनए हङकङका अध्यक्ष गोकर्णप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष लवकुमार गुरुङ, साहित्य श्रृंखलाका संरक्षक टंक सम्बाहाम्फे, याउ चि मोङ डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ, एनआरएनए आइसिसि महिला सचिव टीका गुरुङ, एनआरएनए हङकङकि उपाध्यक्ष अनु राईलगायत विभिन्न संघसंस्थाका प्रतिनिधीले शुभकामना मन्तव्य राखेका थिए ।

संग्रहमाथि कवि देवेन्द्र खेरेसले आफ्नो समिक्षात्मक टिप्पणी राख्नु भएको थियो । कवि जुनु राना, पूर्णिमा जी शाह, अरुणा शर्मा र रोशन यक्सोले संग्रह भित्रबाट कविता वाचन गरेका थिए भने गायिका बिन्नी लामा र कुसुम लिम्बुले गीत गाएर कार्यक्रमको माहोल रमाइलो बनाएका थिए ।

सोही अवसरमा हङकङ साहित्य साझा श्रृंखलालाई सक्रिय रुपमा सहयोग गर्ने कविहरु देवेन्द्र खेरेस, सुनिता गिरी, पूर्णिमा जी शाह, जानू काम्बाङ, डोम राना, अरुणा शर्मा, रोशन यक्सो लगायतलाई स्रष्टा सम्मान पत्र प्रदान गरिएको थियो ।

सयवटा कविता समावेश भएको कविता संग्रहलाई इन्डिगो इन्क पब्लिकेसनले बजारमा ल्याएको हो । कवि गुरुङ हङकङ साहित्यिक साझा श्रृंखलाका वर्तमान संयोजक समेत हुन । श्रृंखलाले विगत १२ वर्ष देखि महिनाको अन्तिम आइतबार साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.