युके विशेषसाहित्य

संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ सार्वजनिकसँगै मनाइयो पारिजात जयन्ती

1.6kviews

संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ लन्डनमा सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतद्वारा आयोजित र ‘८७ औं पारिजात जयन्ती तथा प्रकट पंगेनी शिवको स्मृति कार्यक्रम’मा सेतो सिउँदो पनि सार्वजनिक गरिएको हो । साथै कार्यक्रममा सबी श्रेष्ठको मुक्तकसंग्रह ‘अपरिभाषित आभा’ पनि सार्वजनिक गरियो ।

उपन्यास ‘सेतो सिउँदो’ यसअघि पखालिएको सिउँदोको नाममा २०४९ सालमा प्रकाशन भएको थियो । प्रमुख अतिथि डा. वीरेन्द्र अमात्य रहेको उक्त कार्यक्रममा लेखक डा. रुपक श्रेष्ठ र लेखिका प्रतिमा केसीले उपन्यासको समीक्षा प्रस्तुत गरेका थिए ।

लेखिका प्रतिमा केसीले उपन्यासको गहिराइ र परिपक्वताको प्रशंसा गर्दै टिप्पणी गरिन्, ‘उपन्यासले एक महिलाको मन, उनको पीडालाई सूक्ष्म रूपमा प्रस्तुत गरेको छ। यसले नेपालमा महिला बेचबिखनको मुद्दालाई सफलतापूर्वक उठाएको छ। उपन्यासले सामाजिक, आर्थिक असन्तुलनलाई पनि देखाएको छ ।’

डा. रुपक श्रेष्ठले तीन दशकअघि स्वेच्छाको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै भने, ‘म अझै पनि अचम्ममा छु कि त्यसबेला एउटी १८ वर्षीय किशोरीले कसरी यो उपन्यासको कल्पना गर्न सक्छ । यो उपन्यासको परिपक्वता किशोरीले लेख्न सक्ने भन्दा धेरै अगाडि छ किनभने यसले महिला बेचबिखन, नेपाली समाजको सामाजिक, आर्थिक जीवन, महिलाको मनोविज्ञानलाई प्रस्तुत गर्दछ।’

संगीता स्वेच्छाले तीन दशकअघि प्रकाशित आफ्नो उपन्यासलाई पुनः परिचय गराउने अवसर पाएकोमा कृतज्ञता व्यक्त गरिन् ।

उनले अनेसास बेलायतलाई आफ्नो उपन्यासले कार्यक्रममार्फत् पुनर्जीवन पाएकोमा धन्यवाद व्यक्त गरिन् । ‘बुक हिल’द्वारा प्रकाशित सेतो सिउँदोको हाल अङ्ग्रेजीमा अनुवाद भइरहेको छ र चाँडै अंग्रजी संस्करण पनि आउने स्वेच्छाले बताइन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.