नेपाल विशेष

कवि स्वप्निल स्मृति बने लेखक संघको अध्यक्ष

495views

कवि स्वप्निल स्मृति ‘अखिल नेपाल लेखक संघ’को अध्यक्षमा निर्वाचित भएका छन् ।

वैशाख २९ गते सम्पन्न संघको चौथो राष्ट्रिय सम्मेलनले स्वप्निलको अध्यक्षतामा ७१ सदस्यीय कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको हो । उपाध्यक्षमा रामहरि श्रेष्ठ, नारायण मरासिनी र पञ्चकुमारी परियार चयन भएका छन् भने महासचिवमा जीत अधिकारी निर्वाचित भएको संघले जनाएको छ ।

सम्मेलनको प्रमुख वक्ता माओवादी केन्द्रका महासचिव देव गुरुङले लेखक संघको नयाँ कार्य समितिलाई शुभकामना दिएका थिए । कम्युनिष्ट आन्दोलन विखण्डित भइरहेका बेला लेखक संघले नयाँ दृष्टिकोणबाट चिन्तनको अभ्यास गर्ने उनले विश्वास व्यक्त गरे ।

अध्यक्षमा निर्वाचित भएका कवि स्वप्निल स्मृति पाँचथरका कवि हुन् । उनको ‘बाडुली र सुदूर सम्झना’ कवितासंग्रह प्रकाशित छ । वि. सं. २०६२ देखि नै लेखक संघमा आबद्ध स्मृति प्रगतिशील लेखनमा प्रतिबद्ध लेखक मानिन्छन् । उनी यसअघि अखिल नेपाल लेखक संघको कार्यबहाक अध्यक्ष भइसकेका छन् ।

अखिल नेपाल लेखक संघ नेकपा माओवादी केन्द्र निकट लेखक तथा साहित्यकारहरूको संगठन हो ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.