युके विशेषसाहित्य

जब कोही बलात्कृत भएको कु-समाचार सुन्छु

प्रेम भावना

656views

जब–जब कुनै आमा बलात्कृत भएको कु—समाचार सुन्छु
मलाई मेरै आमा बलात्कृत भए झैं लाग्छ !

जब–जब कुनै दिदीबहिनी बलात्कृत भएको कु—समाचार सुन्छु
मलाई मेरै दिदीबहिनी बलात्कृत भए झैं लाग्छ !

जब–जब कुनै नाबालिका बलात्कृत भएको कु—समाचार सुन्छु
मलाई मेरै छोरी बलात्कृत भए झैं लाग्छ !

थाहा छैन कस्तो हुन्छ बलात्कारको पीडा ?
तर पनि, म आफैँ बलात्कृत भए झैं लाग्छ ।
०००

कवि प्रेम भावना (मीरा प्रसाईं) महिलाको सत्त्वलाई केन्द्रमा राखेर कविता लेख्छिन् । प्राय: छोटा र चोटिला कविता लेख्ने उनका आध्यात्मिक विषयका लेख रचनाहरू पनि प्रकाशित छन् । उनी अहिले युकेमा बसोबास गर्दै आएकी छिन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.