नेपाल विशेषमनोरञ्जन

जेठ १५ बाट फ्लोरमा जाँदै ऊनको स्वीटर; वितरकसँग सम्झौता

304views

फिल्म ‘ऊनको स्वीटर’को उपत्यका र मोफसल वितरणका लागि वितरकहरूसँग सम्झौता भएको छ। निर्माण टिमले सोमबार उपत्यका वितरण अधिकारका लागि गोविन्द शाहीको ‘काफिया फिल्मस्’ र मोफसल वितरणका लागि ‘कुवेर सिने डिस्ट्रिब्युसन प्रा.लि’सँग सम्झौता गरेको छ।

उपत्यका र मोफसल वितरणका लागि वितरकहरुसँग सम्झौता भएको छ। निर्माण टिमले सोमबार उपत्यका वितरण अधिकारका लागि गोविन्द शाही र मोफसल वितरणका लागि कुवेर सिने डिस्ट्रिब्युसन प्रालिसँग सम्झौता गरेको छ। वितरक फाइनल भएसँगै निर्माण टिम आगामी जेठ १५ गतेबाट फ्लोरमा जाने तयारीमा छ। निर्देशक नवीन चौहानका अनुसार अब जेठ २५ बाट फिल्मको सुटिङ सुरु हुनेछ। फिल्मलाई पाँचथरका विभिन्न स्थानमा खिचिनेछ।

फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय छ। तीन महिनाअघि फिल्मको टाइटल गीत ‘फूल’को पूरा अंशसँगै वीपिन र मिरुनाको नयाँ अवतार पनि सार्वजनिक गरिएको थियो।

‘ऊनको स्वीटर’ निर्देशक चौहानको पहिलो फिचर फिल्म हो। फिल्मलाई आर्टमान्डूले निर्माण गर्नेछ। यसअघि आर्टमान्डूले निर्माण गरेका म्युजिकल फिल्महरू लोकप्रिय छन्। यसअघि आर्टमान्डूले निर्माण गरेका म्युजिकल फिल्महरू लोकप्रिय छन्। फिल्ममा विपीन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका छ।

फिल्मलाई निर्देशक चौहानले नै लेखेका छन् भने सह-लेखन सुरज कटुवालले गरेका छन्। फिल्ममा मुख्य सहायक निर्देशक फिरोज खड्का छन्। फिल्ममा गायक सुजन चापागाईं र कोविद बज्रले संगीत निर्देशन गर्नेछन्। फिल्मको गीतमा हर्क साउदको शब्द रचना रहनेछ। फिल्ममा झुमा लिम्बुको पनि एउटा गीत रहेको छ। फिल्ममा सुरज तमूले कास्टिङ निर्देशन गर्नेछन्। फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन्। फिल्ममा काजी रानाले प्रोडक्सन डिजाइन गर्नेछन्।

फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन् भने पब्लिसिटी डिजाइन ‘ट्राइटेण्ड कन्सेप्ट’का रोयल भिमसेनले गर्ने छन्।
यो वर्षको शरद ऋतुमा प्रदर्शन गर्ने लक्ष्य रहेको छ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response