
311views
जुन १५ तारिखका दिन बेलायतमा आयोजना हुने नेपाली ओपन कन्सर्टमा ५ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । साथै कार्यक्रम आयोजक मगर संघ यूकेले सबै बेलायतवासी नेपालीलाई कन्सर्टमा आउन आव्हान गरेको छ।
‘म्यूजिक फर युनिटी’ को नारासहित केन्टको मेडिस्टोनस्थित ‘केन्ट इभेन्ट गार्डन’मा यो कन्सर्ट हुँदैछ ।
कन्सर्टको प्रमुख आकर्षणमा चर्चित ‘मंगोलियन हार्ट’ ब्यान्डका गायक राजु लामा रहेका छन् । बेलायतस्थित सिक्का ब्यान्ड साथै नेसन पुन मगर, मुना थापा मगर, ललिता पुन मगर, यज्ञ विकसहित अरु नेपाली राष्ट्रिय कलाकारसमेतले प्रस्तुति गर्नेछन् ।
कार्यक्रममा दर्जनौंका संख्यामा नेपाली खाना, नेपाली पोशाक तथा सामग्री र च्यारिटी समेतका स्टलहरू रहने छ । मध्यान्ह १२ बजे शुरु हुने कन्सर्ट राती ११ बजेसम्म सञ्चालन हुनेछ।
add a comment



