साहित्य

तीर्थराज अधिकारीलाई युरोपमा सम्मान

420views

‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ (अनेसास) बोर्ड अफ ट्रष्टी सल्लाहकार मुक्तकमणि तीर्थराज अधिकारी युरोप भ्रमणमा थिए । सोही अवसरमा एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियम च्याप्टरले उनलाई सम्मान गरेको छ ।

उक्त अवसरमा अधिकारीले मुक्तक वाचन गरेका थिए । उनले सम्बोधनका क्रममा भने, ‘संवेदना स्वदेश तथा परदेशमा समान हुन्छ, नेपालीहरुले विदेशमा संगालेका अनुभवहरु अक्षरमा उतारेका हुन्छन् ।’

अधिकारीले युरोप भ्रमणबाट आफू मन मुग्ध भएको मुक्तकमार्फत यसरी बताएका छन् :

यहाँको हरियालीमा चरी रमाउँछ
वसन्त पनि घरीघरी रमाउँछ
कति संजीवनी बोक्छस् ए प्रकृति
कवि त झन् मनभरि रमाउँछ।

उनले गत जुन १५ का दिन बेल्जियम पुगेर त्यही दिन जर्मनीको Aachen city अवलोकन साथै जर्मन संस्कार र संस्कृतिबारे स्थानीयसँग कुराकानी गरेका थिए । बेल्जियममा साहित्यकार अधिकारी दम्पत्तिलाई पत्रकारहरु डिल्ली अम्गाईं, पञ्चम अधिकारी, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष भोज जिसी, सुशील न्यौपाने लगायतले विशेष आतिथ्य प्रदान गरेका थिए ।

पेरिस, लक्जम्बर्गमा समेत पुगेका अधिकारी युरोपमा समेत नेपाली साहित्य हराभरा हुँदै गएको देखेर गौरवान्वित भएको बताउँछन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.