समाचार

हन्सटान्टन विचमा पिटरबरो नेपाली समाजको ‘समर आउटिङ’

361views

पिटरबरो नेपाली समाज (PNS) ले प्रत्येक वर्ष गर्मीयाममा घुमघाम तथा मनोरञ्नको आयोजना गर्ने सिलिसलामा यस वर्ष हन्सटान्टन विच (Hunstanton Beach) मा पिकनिक कार्यक्रम गरेको छ ।

‘समर आउटिङ’ नाम दिइएको कार्यक्रम जुलाई ३० शनिबारका दिन समुद्रछेउमा नै खानपिन तथानाचगान गर्दै मनाइएको थियो । आउटिङमा कोही पानीसँग खेलेर रमाइरहेका थिए भने कोही समुद्रछेउमा नै नाचगान गर्न व्यस्त थिए । कोही चेस खेल्दै थिए भने कोही भलिबल खेलेर रमाइरहेका थिए ।

आउटिङमा लागि भनेर पिटरबरोबाट तीनवटा बसको व्यवस्था गरिएको थियो । साथै आउटिङमा करिब दुईसय जना नेपाली सहभागी रहेको कार्यक्रम-संयोजक विष्णु थापाले जानकारी दिए ।

यता पिटरबरो नेपाली समाजका महासचिव निरञ्जन सेढाईंका अनुसार संस्थाले नियमित कार्यक्रमबाहेक पनि थप कार्यक्रम गर्नुका साथै अब भने आउँदो हरितालिका तीज र दशैं कार्यक्रमको तयारीमा केन्द्रीत हुने बताए ।

हेर्नुहोस् Hunstanton Beach का तस्बिरहरू :

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.