
979views
तीज आइसक्यो यता आमा रुँदैछिन्
कता गयौ तिमी भन्दै छाती पिट्दै छिन्
दुनियाँका छोरी-चेली सजिएर हिँड्दा
त्यही भीडमा छ कि भन्दै सबलाई रोक्दैछिन् !
आधा पेट आफू खाई बढाएकी छोरी
देश, विदेश पुर्याएर पढाएकी छोरी
पसिनाको चिया बेची छोरी खुशी पार्थ्यौ
त्यहिँ छोरीलाई खुशी राख्न सयौंपल्ट हार्थ्यौ।
दिन-रात बिते आइनन् आमा छोरी रुँदैछिन्
ममताको काख छुट्यो अत्यास् मान्दैछिन्
निद्रा लाग्यो भोक लाग्यो भन्न नसकेर
बिना बोली आफू बुझ्ने आमा खोज्दैछिन्!
फूलजस्ती छोरी छोडी अस्ताइगैछन् ममता
बिना मृत्यु अर्की आमा ढलिन् फेरी यता
दुधे बच्चा आमाबिना तिमी सन्तानबिना
किन्न नसकिने ममता यति सस्तो किन?
‘नसहेस् है हिंसा’ भनी सिकाइनौ किन?
प्रतिकार नगर्दा नै आयो यस्तो दिन
न त पायौ सास आमा – न त पायौ लाश
मरेपछि बोल्छ समाज के गर्नु र आश ?
add a comment