युके विशेषसाहित्य

पहिचान पुरस्कार २०८० को उत्कृष्ट सूची सार्वजनिक

359views

पहिचान पुरस्कार २०८० को लागि उत्कृष्ट आठ पुस्तकको सूची सार्वजनिक भएको छ। ‘पहिचान पुरस्कार कोष’को मंगलबार बसेको बैठकले कोषमा दर्ता भएका पुस्तकमध्येबाट उत्कृष्ट आठ कृतिको छनोट गरेको हो।

निर्भीकजंग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’, गीलु रातोसको ‘सिलीदुङ’, विश्व कुइकेलको ‘गोपीचा’, मिथोचको ‘आगोको पिदार’ र राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ उत्कृष्ट आठको सूचीमा परेका छन्। त्यस्तै, प्रवीण खालिङको ‘चिया गफ’, अभागी थेगुवाको ‘सपनाहरूको बही’ र श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ पनि सूचीमा समावेश छन्।

२०८० / २०८१ सालभित्र प्रकाशित भई कोषमा दर्ता भएका पुस्तकमध्येबाट उत्कृष्ट आठ कृति छनोट गरिएको कोषका संस्थापक नरेश काङमाङ राईले बताए। गत वर्ष प्रकाश गुरागाईंको किताब ‘जङ्क्सन पिपलबोट’ र प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ले संयुक्त रूपमा पहिचान पुरस्कार प्राप्त गरेका थिए।

पहिचान पुरस्कारको राशी ४ लाख २ हजार २ रुपैयाँ रहेको छ । यसभन्दा अगाडि ११ वटा कृतिले पहिचान पुरस्कार प्राप्त गरेको छ भने पहिचान सम्मानबाट लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला सम्मानित भइसकेका छन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.