साहित्य

लण्डनमा मोती जयन्ती तथा पुस्तक विमोचन

640views

नेपाल मुक्तक प्रतिष्ठान बेलायत च्याप्टर तथा अनेसास बेलायत च्याप्टरको संयुक्त आयोजनामा १५९ औं मोती जयन्ती मनाइएको छ । उक्त अवसरमा कवि बिशनसिंह थापा मगरको कवितासंग्रह ‘आत्मीय आभाष’ तथा साहित्यिक पत्रिका ‘शिवपुरी सन्देश’को १ सय ५ औं अंक लोकार्पण गरियो ।

नर्थफिल्डस्को ‘मन्टीज नेपाली रेस्टुरेन्ट’मा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपालबाट युके भ्रमणमा आएका साहित्यकार वियोगी बुढाथोकीले प्रवासमा बसेर पनि साहित्य लेखन र भाषा संस्कतिको जगेर्ना गर्न अग्रसर युकेका स्रष्टाहरूको प्रसंशा गरे । साथमा बुढाथोकीले आफ्ना आधा दर्जन मुक्तक सुनाए ।

यस्तै दुर्गाप्रसाद पोख्रेल, राज श्रेष्ठ, डा. रूपक श्रेष्ठ, संगीता स्वेच्छा, निर्भीकजंग रायमाझी, सुमलकुमार गुरुङ, विशनसिंह थापालगायत दुई दर्जन श्रष्टाले रचना वाचन गरे । साथै डा. संगीता स्वेच्छाको कथासङ्ग्रह ‘रोजेज् ओडेसी’को पुस्तक हस्ताक्षर कार्यक्रम पनि गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता ‘नेपाल मुक्तक प्रतिष्ठान बेलायत च्याप्टर’का अध्यक्ष दुर्गाप्रसाद पोख्रेलले गरेका थिए भने कार्यक्रम सञ्चालन गंगा भण्डारी र माया गुरुङले गरेका थिए ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.