युके विशेष

बर्मिङ्घममा चार दिने ध्यान शिविर सम्पन्न

498views

बेलायतको बर्मिङ्घममा चार दिने ध्यान शिविर सम्पन्न भएको छ । ध्यान शिविरमा ओशोधारा संघ नेपालका गुरुदेव ओशो अखण्डको प्रमुख उपस्थिति रहेको थियो ।

उक्त ध्यान शिविरमा बेलायतमा रहेर पनि दशकौंदेखि ध्यान साधनामा लाग्नुभएका पुराना र नयाँ समेत दुई दर्जन ओशोका अनुयायीहरूको सहभागिता रहेको थियो । ओशो सम्बोधी सेन्टर किडरमिनिस्टर बर्मिङ्गमको आयोजनामा भएको सो शिविरमा प्रज्ञा र साधनाको हिसावले अति गहिरो मानिने ओशोधारा संघ नेपालको पहिलो तहको “योग-प्रज्ञा साधना-१” कार्यक्रम सम्पन्न भएको हो । सो शिविर निरन्तर साधनामा रहिरहनु भएका प्यासी साधक साधिकाहरुको बिच संचालन गरिएको सेण्टरका संचालक स्वामी आनन्द उत्सवले बताउनुभयो ।

‘अनुभुतीजन्य साधनाले खारिनु भएका सन्त पुरुष गुरुदेव ओशो अखण्डको उपस्थिती हुनुले ध्यान र साधनाको गरिमा अतुलनिय रहेको छ ‘, ओशोको अति पुराना साधक, बेलायत आस्फोर्ड निवासी समाजसेवी स्वामी सुवास श्रेष्ठको अनुभव छ ।

नेपाल, भारत र बेलायतका गरि तीन देशका साधक साधिका हरुको उपस्थितीमा सम्पन्न ध्यान शिविरको अन्तिम दिन माला दिक्षा, नाम दिक्षा र अति गहिरो रहश्यपुर्ण अनहद दिक्षा गरि तीन तहको दीक्षा कार्यक्रम रहेको थियो । सो दीक्षा कार्यक्रममा ओशोका पुरानो तथा गहिरो साधक, बेलायतका लब्धप्रतिष्ठत व्यक्तित्वहरु समाजसेवी स्वामी सुवास श्रेष्ठ, बेलायतमा रहेका नेपाली नर्सहरूको साझा संगठन नेप्लिज नर्सिङ एसोसियसन युकेकी संस्थापक अध्यक्ष मा अजिता सिंखडा, ओशो सम्बोधी सेन्टरका संचालक स्वामी आनन्द उत्सव, स्कटल्याण्ड निवासी स्वामी कृष्ण भेटवाल, परमगुरु ओशोसंगै माला दीक्षा लिनुभएका स्वामी दिनेश, स्वामी कृष्ण चैतन्य, मा सुनु कार्की, मा अनिता पोखरेल, स्वामी सत्य श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.