
‘ग्रान्थम नेपाली समाज, युके’ले विजयादशमी तथा दीपावली उत्सव एकसाथ रमाइलो गरी मनाएको छ। ग्रान्थम टाउनको रेलवे-क्लबमा २१ अक्टोबरका दिन सम्पन्न मनोरञ्जनात्मक, भेटघाट तथा replica watches uk शुभकामना साँझको सुरुवात समाजका सचिव कमल बस्यालको स्वागत मन्तव्यबाट भएको थियो । उनले उपस्थितहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।
कार्यक्रमका प्रमुख-अतिथि स्थानीय काउन्सिलर टिम ह्यारिसन थिए। कार्यक्रमको अतिथिमा अन्य काउन्सिलरहरू, राष्ट्रिय कलाकारहरू, सापकोटा समाजका अध्यक्ष तथा स्थानीय व्यापार प्रतिनिधिहरू थिए। प्रमुख अतिथिलगायत अतिथिहरूलाई समाजका अध्यक्ष किशोर लामिछाने, कार्यक्रम best replica watches site संयोजक शंकर भण्डारी र संस्थाका सल्लाहकारहरू कमल भण्डारी, शिव तिमिल्सिना, नारायण आचार्य, कृष्ण गुरुङ तथा पूर्वअध्यक्षहरू देव बाणा, देवीलाल गैरेले ढाकाको टोपी र ढाकाको खादा लगाएर स्वागत गरे ।
संस्थाका अध्यक्ष किशोर लामिछाने, कार्यक्रम संयोजक तथा सल्लाहकार शंकर भण्डारी र प्रमुख अतिथि काउन्सिलर टिम ह्यारिसनले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको Omega Replica औपचारिक सुरुवात गरेका थिए। साथै नेपाल र बेलायतको राष्ट्रिय गान बजाइएको थियो।

मन्तव्यको क्रममा कार्यक्रम संयोजक तथा संस्थाका सल्लाहकार शंकर भण्डारीले यस्ता कार्यक्रमहरूले हाम्रो संस्कृतिको विदेशमा प्रबर्द्धन हुनुको साथै नेपालीबिच आत्मीयता प्रगाढ हुने विचार राख्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने अतिथि तथा स्पोन्सर सबैलाई धन्यवाद दिए । यसैबीच ग्रन्थाम नेपाली समाज युकेका सल्लाहकार कृष्ण गुरुङले ‘नेपाल, नेपाली संस्कृति र ग्रन्थम नेपाली समाज बेलायत’को बारेमा बनाइएको स्लाइड-शो चाख लाग्दो गरी प्रस्तुत गरे ।

कार्यक्रममा परम्परागत नेपाली गीत संगीत र नृत्यलाई झल्काउने सांस्कृतिक प्रस्तुतिहरूले सबैलाई मन्त्रमुग्ध पारेको थियो। दसैं तिहार विशेष यस कार्यक्रममा सृष्टि कँडेल र सिमरन कँडेलले ‘रुकुम मैकोट’ गीतमा जेसिका दाहालले ‘कस्मिरे पछौरी’ बोलको गीतमा नृत्य प्रस्तुत गरेर सबैको मन जितेका थिए।
त्यसैगरी स्थानीय कलाकार कृषा, याशिका, युशिका, आयुश्री, स्मरिका, अवनी, सनाया र श्रियाको “तिहारै आयो लौ झिलीमिली” गीतमा नृत्य प्रस्तुत गरेर सबैको वाहवाह पाए। सुजल बस्याल, रबिन ढकाल र शिवम अर्यालको “म हु नेपाली” गीतमा गरेको प्रस्तुतिले सबैको मन जितेको थियो। प्रस्तुत सम्पूर्ण नृत्यहरूको तयारी र कोरियोग्राफी नेपाली विद्यालयका शिक्षक शारदा ढकाल र प्रविना नेपालले गरेका थिए ।
प्रमुख अतिथि काउन्सिलर टिम ह्यारिसनले कार्यक्रमलाई सम्बोधन गर्दै ग्रान्थमको बहुसांस्कृतिक परिदृश्यमा सक्रिय रूपमा सहभागी भई आफ्नो समृद्ध संस्कृति जोगाउने समुदायले गरेको काम र प्रतिबद्धताको प्रशंसा गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष किशोर लामिछानेले कार्यक्रम सफल पार्न महत्त्वपूर्ण भुमिका खल्ने कार्यक्रम संयोजक लगायत प्रायोजक तथा समाजका सबैलाई धन्यवाद दिए । साथै उपस्थित सबैलाई विजयादशमी तथा दिपावलीको शुभकामना साथै ग्रान्थम नेपाली समाजको लागि पहल भैरहेको जानकारी दिदै यसका लागि ग्रान्थम काउन्सिल र काउन्सिलर टिम ह्यारिसनले सकेको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकोमा धन्यवाद दिए ।
कार्यक्रमा नेपाली राष्ट्रिय कलाकार सन्दिप न्यौपानेको अगुवाइको ‘देउसी भैलो’ प्रस्तुति मा कभेन्ट्रीका सापकोटा समाजका अध्यक्ष गोविन्द सापकोटाले साथ र सहयोग दिनुभएको थियो। सन्दिप न्यौपानेले ‘लालुमाई’लगायत अन्य चर्चित गीतहरू गाएर माहौल तताएका थिए । देउसी भैलोबाट ३६ सय पाउण्ड दक्षिणा सङ्कलन भएको थियो ।
हेर्नुहोस् कार्यक्रमका थप तस्बिरहरू :












