युके विशेष

बेलायतमा नरेश नातिको एकल गायन

339views

कवि, गीतकार एवं गायक नरेश नाति (नरेश माङ्पाहाङ राई) को एकल गायन बेलायतको टिडवर्थ सहरमा सम्पन्न भएको छ ।

शनिबार दिउँसो ‘नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत’को आयोजनामा भएको कार्यक्रममा गायक नरेशले एक दर्जन बढी गीत प्रस्तुत गरे । उनले गोपाल योञ्जन, नारायणगोपालका प्रसिद्ध गीतका साथै आफ्नै संगीत र शब्द रचनाका गीतहरू पनि गाएका थिए । कार्यक्रममा वरिष्ठ संगीतकार दिनेश सुब्बा प्रमुख अतिथि रहेका थिए भने साङ्गीतिक क्षेत्रका प्रतिभा तथा साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

मिक्लाजुङ गाउँपालिका–६, कन्याटार, पाँचथरका नरेश नाति हाल गोर्खा सैनिक सेवामा छन् । उनको ‘बाटो खोज्दाखोज्दै’ गीतसङ्ग्रह, ‘मन बेइमानी’ मुक्तक सङ्ग्रह र ‘देश बिर्सेर’ कथासङ्ग्रह प्रकाशित छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.