
बेलायतमा रहेका नेपाली मूलका व्यवसायी तथा समाजसेवी महन्त श्रेष्ठले बेलायती राजाको हातबाट प्रतिष्ठित ‘ओबीई’ (OBE) पदक पाएका छन्।
श्रेष्ठले ब्रिटिस समुदायमा पुर्याएको योगदानको कदर गर्दै राजा चार्ल्स तृतीयले बकिङहम प्यालेसमा ओबीई (द मोस्ट एक्सीलेन्ट अर्डर अफ द ब्रिटिश एम्पायर) अवार्ड प्रदान गरेका हुन् । बेलायतमा राज्य स्तरबाट प्रदान गरिने उक्त प्रतिष्ठित अवार्ड यसअघि थोरै नेपालीले मात्र पाएका छन् ।
पदक ग्रहण गर्ने क्रममा श्रेष्ठले रानीका साथ फेरि नेपाल घुम्न आउन राजालाई निमन्त्रणा गरेको बताए । नेपाली राष्ट्रिय पोशाकमा सजिएर पदक थाप्न गएका श्रेष्ठले यो सम्मान समस्त नेपालीको भएको बताए ।
सन् १९७६ मार्च १० का दिन वर्क परमिटमा युके आएका श्रेष्ठ एनआरएनए यूकेका संस्थापक अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि पनि हुन् ।




