
सलेदो सकिएर हो कि भनेर
नयॉं फेरेँ
निभ्यो ।
हावाले हान्यो होला भनेर झ्याल थुनेँ
ढोका थुनेँ
एउटा कुनामा लगेर राखेँ
फेरि निभ्यो ।
तेल नपुगेर हो कि भनेर थपिदिएँ,
तर फेरि निभ्यो ।
केही नलागेपछि
उसलाई हातमा लिएँ,
सुम्सुम्याएँ,
आँखा नझिम्क्याई हेरीरहें,
अचम्म, यसपालि निभ्दै निभेन
बलिरह्यो ।
अनि बल्ल थाहा पाएँ,
दियो त प्रेमले बल्दो रहेछ मात्र प्रेमले ।
(सापकोटाको ‘बहिर्गमन’ लघुकथासंग्रह तथा ‘बाटो’ कथासंग्रह प्रकाशित छ)



