युके विशेषसाहित्य

गीत : मायाले लेख्यो मेरो नाम

केशव पौडेल

487views

केतुके पातमा, जुनेली रातमा
मायाले लेख्यो मेरो नाम ।

मूलको चिसो पानी, त्यस्तै मिठो बानी
मायाको दन्त्य मोहनी
मुसुक्कै हाँसो, पारेर पासो
मायाले लठ्ठै पार्यो नि…

हरियो वासमा, उजेली रातमा
मायाले लेख्यो मेरो नाम ।

फुरुरु केश, परिझैँ भेष
मायाको आँखै गाजलु
हिँड्दै छिटो–छिटो, बोलि झनै मिठो
लजाउँदै मेरी मायालु…

पिपलको पातमा, दिएर हातमा
मायाले लेख्यो मेरो नाम ।

फूलैको बासना, नौरङ्गी सपना
मायाको देखेँ सपनी
कालो कालो चस्मा, पारेर वशमा
मायाले फसाई हाल्यो नि…

केतुके पातमा, जुनेली रातमा
मायाले लेख्यो मेरो नाम ।

(लेखक पौडेल हाल बेलायतस्थित पिटरबरोमा बस्छन्)

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.