
678views
मेरो जो हो, चिन्न सकिनँ
जो होइन मेरो, छोड्न सकिनँ ।
जीवनमा के कुरालाई चिन्ने र के कुरालाई त्याग्ने भन्ने जानिएन भने दुःख पाइन्छ । यस्तै जीवन-उपयोगी विचारले ओतप्रोत प्रवचन डा. चिन्तामणि योगिले आइतबार पिटरबरो दिएका छन् ।
पिटरबरो नेपाली समाज (पिएनएस) को आयोजनामा गरिएको कार्यक्रममा करिब दुई घन्टा डा. योगिले मानसिक स्वास्थ्यका लागि सरल, शान्त र पूर्ण जीवन जिउनेबारे प्रवचन प्रस्तुत गरे । फागु पूर्णिमाको समेत दिन रहेकाले पिटबरोबासीले गुरुको हातबाट रंग लगाएर फागु मनाए ।
डा. योगिलाई पिटरबरो नेपाली समाजका अध्यक्ष केशव खतिवडा, महासचिव निरञ्जन सेढाइँ तथा ट्रस्टी संयोजक महेश अधिकारीलगायतले स्वागत गरेका थिए ।

add a comment



