अन्तर्वार्ताविचार/ब्लग

विकासको मुख्य प्राथमिकता नै छुट्याउन सकेनौँ

680views

पछिल्लो समय प्रधानमन्त्रीदेखि विपक्षी दलका नेतासमेत सबैले एकोहोरो विकासको मुद्दा उठाएको पाइन्छ । आम सर्वसाधारणले पनि ‘नेपाल जति गर्दा पनि विकास हुन सकेन’ भन्दै आएको सुनिन्छ । हामीले चाहेको ठोस विकास किन हुन सकेन । विद्युत्, पर्यटन, उद्योग आदिमात्रै विकास हो वा त्योभन्दा पर पनि केही छ । विकासको यही सवालमाथि रहेर विकासविज्ञ दीपक चौधरीसँग नेपालीन्युज युकेले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

नेपालको वत्र्तमान राजनीतिक आर्थिक अवस्था कस्तो पाउनु हुन्छ ? सबैले भनेजस्तै भताभुङ्ग, लथालिङ्ग नै भएको हो त ?

आम मानिसमा सकारात्मक आशा जगाउने सवालमा नेपालको राजनीतिमाथि धेरै प्रश्नहरू छन् । इमान्दारिता प्रतिको प्रश्न छ । राजनीतिक रूपमा सम्बोधन हुनुपर्ने विषयहरू जस्तो कि संघ तथा प्रदेशका विषयहरू, सत्य न्याय निरूपणसम्बन्धी, विकासको गाँठो फुकाउने नियम कानुनहरू तथा कर्मचारी विधेयक आदिको समाधान समयमा हुन नसक्दा यसको असर विकास क्षेत्रको गति तथा कार्यान्वयन पक्षमा पर्नु स्वभाविक छ ।

निर्णय प्रकृयामा समस्या तथा ढीलासुस्ती आदि यसका लक्ष्यणहरू हुन् । काम र मेहनत गरेर खाने भन्दा दलाली र चाकरी प्रवृत्ति हावी हुन छाडेको छैन् । कुर्सीको खेल केन्द्रीत राजनीतिले महत्त्व पाएको जस्तो देखिन्छ । कोहीले छेपारे राजनीतिक प्रवृत्ति भन्न सक्छन् ।

आर्थिक अवस्था बारे ठीकै भन्न सक्ने अवस्था पनि छैन्, यसलाई अन्योलता र अन्योनाश्रित दुबै रूपमा हेर्नु पर्छ । वैदेशिक मुद्रा सञ्चिति सन्तोषजनक रहेता पनि व्यवसाय गर्ने मानिसहरूमा व्यापार व्यवसाय ठीक ढंगले चल्न नसकेको यत्रतत्र सुनिन्छ, बुझिन्छ । महङ्गी दर उच्च छ । कर उठ्ती राम्रो नभएर विकास खर्च कटौती तथा ढिलाई भइरहेको अवस्था छ । मानिसहरूमा यहाँ व्यापार व्यवसाय गर्नु भन्दा बिदेश जानु सुरक्षित हुने मानकिता पाइन्छ । यो लगानी वातावरणप्रति प्रश्न तसिने कुरा हुन् । राजनीतिले आम मानिसमा आर्थिक विकासका बारे विश्वास जगाउन नसकेको अवस्था केही हदसम्म साँचो हो ।

विकासले गति लिन नसके कै हो ?

सरकारमा उत्साह छ तर विकासलाई डोर्याउने सवालमा प्रश्नहरू तेर्सिन सक्छन् । सरकारको प्रयास हुँदाहुँदै भने जस्तो पिरिणाम आउन नसकेको कुरा स्वयं प्रधामन्त्रीको भाषणबाट बुझ्न सकिन्छ । विकासका कार्यहरूमा देखिएका बाधा अड्चनहरू फुकाल्न नसकिएको कुरा काठमाडौं तराई फाष्ट ट्रयाकको उदाहरण काफी छ ।

ठेक्कामा दिइएका महत्वपूर्ण आयोजनाहरू जस्तो कि बाटोघाटो समयमा बन्न नसकेर व्यापार व्यवसायको वातावरणमा हस आएको बुझिन्छ । निर्माण कार्यहरूमा देखिएको सुस्तता तथा काठमाडौं मै फ्लाइओभर पुल निर्माण बनाउन हम्मै परिरहेको अवस्था आदिले सरकारी तथा नीजी क्षेत्रको संस्थागत क्षमताको अभिबृद्दि टड्कारो देखिएको छ । जहाँ ध्यान जान अत्याश्यक छ ।

अब कामचलाउ प्रवृत्ति हेरेर मात्र हुदैन, गुणात्मकताको कसीमा हरिनु पर्दछ । सम्भावना हुँदाहुँदै विकास निर्माणले सोचे जस्तो गति लिन नसकेको तथ्यांक र अवलोकनहरूबाट प्रष्ट हुन्छ । बाधा व्यवधान रहेका नीति तथा नियमहरूलाई चिर्न अत्यावश्यक भइसकेको छ । राजनीतिक तथा ब्यूरोक्रेटिक नेतृत्वको आवश्यकताका कुराहरू झनै महत्वपूर्ण छन् । कतिपय ठाउँहरूमा विकासका कारण जनताले सास्ती पाउँदै आएको कुराहरू पनि छन् ।

छिमेकी तथा वरपर रहेका नेपालसँग सामाजिक आर्थिक अवस्था मिल्दो पूर्वी तथा पश्चिम एशियाली देशहरूलाई हेर्दा पनि हामी विकासको सन्दर्भमा पछि परेको प्रष्ट हुन्छ । एशियामा गरिबीको सूचकांकमा लगभग पुछारमा हामी छौं । नेपालमा विदेशिने आयातन र प्रवृत्तिले पनि देशमा रोजगारिको सकारात्मक अवस्था छैन कि भन्ने सोच्न बाध्य पार्छ । समग्रमा विकासको गाडी फिलिलि जान सकेको छैन्, घ्याच्चको अवस्था छ ।

विकासको सन्दर्भमा हाम्रा प्राथमिकताहरू के के हुन् ?

एक किसिमले हामी बडो कठिन समयमा छौं । जस्तो कि केही देशहरू विकासको उच्चतम बिन्दुमा पुगेर तिनका प्राथमिकताहरू नयाँ हुँदै गएका छन् । हामी बिच बाटोको यात्रामा छौं र चुनौतिहरू खेपिरहेका छौं । पश्चिमा तथा चीन लगायत उत्तरपूर्बी एशियाली देशहरू विकासको यात्रामा धेरै अगाडि बढिसकेका छन् र तिनका प्राथमिकताहरू भिन्न हँुदै गएका छन् । छिमेकी भारत आर्थिक वृद्दिर्को टेकअफ’ को चरणमा प्रवेश गरिसकेको अवस्था छ ।

हामी अझ विकासका प्राथमिकताको सन्दर्भमा अलमलमा छौं । हाम्रो मुख्य प्राथमिकता भनेको जलविधुत, पर्यटन, र ट्रान्जिट केन्द्र बनाउने नै हो । अन्य आफना आवश्यकतालाई पूर्ति गर्ने क्षेत्र त छदैछन् । नेपालको आर्थिक विकासमा महत्वपूर्ण मानिएको उर्जा क्षेत्रमा माग र आपूर्तिमा देखिएको ग्याप भर्न महत्वपूर्ण मानिएको जलाशययुक्त जलविधुत आयोजना अघि बढ्न सकेको छैन । थप उर्जा उत्पादनका लागि संघर्षरत छौं तर त्यहीनेर उर्जाको क्षेत्रमा सोलार तथा हाइड्रोजनको कुरा आइसकेको छ । अर्को महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक भौतिक पूर्वाधारको विकास जस्तो कि बाटोघाटो र यातायात विकासले भने जस्तो छलागं लगाउन नसकेको अवस्था छ ।

वातावरणीय तथा सामाजिक मुद्दाहरूले विकासको सन्दर्भमा केही अवरोध भइरहेको हो कि जस्तो पनि लाग्दै आएको छ । हाम्रो जस्तो देशको हकमा विकास र वातावरण विनविन ९धष्ल(धष्ल०अवस्थामा रहनु पर्छ जस्तो लाग्छ । वातावरणलाई मात्र माथि राखेर हुन्छ हुदैन विचारणीय प्रश्न छ । त्यहीनेर खाद्य सुरक्षाको सवाललाई पनि विर्सिन मिल्दैन् । उर्जामा सोलार र हाइड्रोजनको कुरा आइरहदा जलविधुतको विकासलाई झनै मजबुत रूपमा अगाडि लानु देखिन्छ ।

पहिले आफ्नो खुट्टा दह्रो टेक्न सक्नुपर्छ पर्दैन भन्ने हो । हामीले विश्वव्यापी रूपमा देखिएको विकासका चरणहरूलाई बिर्सिनु हुँदैन । आज बल्ल विकसित देशहरूले सोलार र हाइड्रोजनका कुरा गरिरहेका छन्, जबकि हामी त्यो चरणमा पुगेकै छैनौं, तर यसलाई पनि डोराउनु पर्ने अवस्था छ । यस्ता कुराहरूले कहिल्यैकाँही अलमलमा सृजना गर्ने गर्दछ । आफना मूल धरातलीय प्राथमिकताहरू लाई राम्ररी समाउन नसक्दा हावामा उडिरहने र अन्योलतालाई मलजल गर्ने र यसबाट राजनीतिक सामाजिक क्षेत्रमा पनि नकारात्मकताको मलजल हुने गर्दछ ।

देशमा चलिरहने अप्राकृतिक राजनीतिक गठबन्धनले विकासलाई कत्तिको प्रभाव पार्छ ?

यहाँ नेर म एउटा लोकप्रिय उखान जोड्न चहन्छु–खाने मुखलाई जुँगाले छेक्दैन । राजनीतिक दल तथा तिनका नेतृत्वले विकासलाई कसरी लिन्छन् भन्ने कुरा हो । जनताप्रति कत्तिको उत्तरदायि छन् भन्ने कुरा पनि हो । सस्तो लोकप्रियता तथा स्टन्ट गर्ने अनि राजनीतिलाई जागिरका रूपमा मात्र हेर्ने प्रवृत्ति रहुञ्जेल विकासले सही गति लिन सक्दैन । फ्रान्सेली दार्शनिक फूकोको शक्ति र ज्ञानको अभ्यासबाट यूरोपमा विकासको मूल कसरी फुट्यो भन्ने सिद्दान्त मननयोग्य छ ।

आजको संसारमा ज्ञानको कमी छैन, यस सन्दर्भमा हामी धेरै उदाहरणहरू पाउन सक्छौं, विकासका धेरै मोडेलहरू हेर्न सक्छौं । विश्वमा लगानीको पनि कमी छैन । यस हिसावले हामी राम्रो समयमा छौं । यसलाई कसरी यहाँको परिवेशमा ढाल्ने र विकासको मूल फुटाउने भन्ने हो । शक्तिको सही अभ्यास यसका लागि अपरिहार्य छ । तसर्थ गठबन्धन भन्दा पनि राजनीतिक संस्कार र अभ्यासको कुरा महत्वपूर्ण छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

1 Comment

Leave a Response