नेपाल विशेष

राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ लाई पहिचान पुरस्कार-२०८०

499views

२०८०/२०८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ लाई प्रदान गरिने भएको छ ।

मंसिर २८ गते बसेको कोषको बैठकले निर्णायकबाट आएको उत्कृष्ट आठ पुस्तकमध्येबाट उक्त कृतिलाई पुरस्कार दिने घोषणा गरिएको हो । पुरस्कारको राशि चार लाख दुई हजार दुई रुपैयाँ रहेको छ ।

‘ओ पेङदोर्जे’लाई पुरस्कार घोषणा गर्दै कोषका संस्थापक नरेश काङमाङ राईले भने- ‘यस कविता संग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानको लागि रगत-पसिना साथै जीवन आहुती दिने तामाङ जाति र अन्य भुइँ मान्छेहरुले खेपेको शोषणको बारेमा बताएको छ । उनका कविताहरुले आफ्नो पहिचान रक्षार्थको लागि आन्दोलन र विद्रोह बोलेका छन् ।’

कवि स्याङ्तानलाई २०८१ साल चैत्र २३ गते भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका- ४, चखिया डाँडामा पुरस्कार प्रदान गरिने छ । यस्तै संस्थाले चैत्र २४ गते एकदिने ‘मुन्दुम काव्य पदयात्रा’ गर्ने पनि बताएको छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.