समाचार

नेपाली समाज ग्रान्थमले मनायो अयोध्यामा राम मन्दिर बनेको खुसीयाली

443views

‘ग्रान्थम नेपाली समाज युके’ले अयोध्यामा राम मन्दिरको प्राण-प्रतिष्ठा गरिएको उपलक्ष्यमा कार्यक्रम गरेको छ ।

भजन किर्तन कार्यक्रमको आयोजना गररदै समाजले भगवान रामचन्द्रको पूजा अर्चनासमेत गरेको थियो । सबैले भक्ति पूजा अर्चना गर्नुको साथै राम भजन गाएर नाचेर आफ्नो भक्ति र खुसी प्रकट गरेको समाजका अध्यक्ष किसोर लामिछानेले बताए ।

‘हिन्दुहरूको भगवान राम आदर्श र मर्यादा पात्र हुनुहुन्छ, विदेशमा जन्मिएका हुर्किएका हाम्रा नयाँ पुस्तहरूलाई यस्ता कार्यको आयोजनाले हाम्रो धर्म संस्कृति र दर्शन जान्न बुझ्न प्रेरित गर्छ’, लामिछानेले भने । कार्यक्रम संस्थाका उपाध्यक्ष बिष्णु अर्यालको संकल्प र तयारीमा सप्पन्न भएको थियो।

साथै प्रकास केसी, शंकर  भण्डारी, कृष्ण गुरुङ, राजु गिरी, कमल बस्याल, उत्सव कँडेल, शिव तिमल्सिना, शरदराज  दाहाल, सुरेश बस्याल, उपेन्द्र पौडेल, राजेन्द्र पौडेल, शारदा ढकाल, नारायण आचार्य, दिनेश सिलवाल, कमल भण्डारीलाई अध्यक्ष लामिछानेले विशेष धन्यवाद दिए ।

ग्रान्थममा धार्मिक भावनाले ओतप्रोत कार्यक्रम पहिलोपटक हो। कार्यक्रममा ग्रान्थम वरपर बस्ने भारतीयहरूको पनि ठूलो सहभागीता र सहकार्य रहेको थियो ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

नृपेश उप्रेती
नृपेश उप्रेती नेपालीन्युज युकेका प्रधान-सम्पादक हुन् । गीत, गजलसँगै अखबारी लेखनमा सक्रिय उप्रेती हाल बेलायतमा बस्दै आएका छन् । उनले यसअघि 'देशान्तर' साप्ताहिक, हिमालखबर तथा नेपाल टेलिभिजन लगायतमा काम गरेका छन् ।