नेपाल विशेष

नेपाल लिटरेचर फेस्टिभलको तयारी पूरा

विश्वप्रसिद्ध लेखक काई बर्ड नेपाल आउँदै

311views

‘नेपाल लिटरेचर फेस्टिभल’को ११औँ संस्करणको तयारी पूरा भएको छ। आयोजक बुकवर्म फाउन्डेसनले पोखरामा पत्रकार सम्मेलन गरेर ११औँ संस्करणको तयारी पूरा भएको जानकारी दिएको हो।

११औँ संस्करणको लिटरेचर फेस्टिभलमा ५० बढी सेसन चल्ने छन्। यस्तै, अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त दर्जन बढी लेखकलाई पनि यसपालिको लिटरेचर फेस्टिभलमा निम्त्याएको आयोजक कमिटीले जनाएको छ। आयोजक कमिटीका केशवशरण लामिछानेले विश्वप्रसिद्ध लेखक काई बर्ड आउने जानकारी दिए। उनी पुलिट्जर पुरस्कार विजेतासमेत हुन्। उनको पुस्तकमा आधारित रहेर सन् २०२३ मा ओपनहाइमर फिल्म बनेको छ। भाषाविद् जर्ज भान ड्रिम पनि फेस्टिभलमा आउँदै छन्।

यस्तै, प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा आउँदै छिन्। उनको पुस्तक ‘एभ्रिथिङ द लाइट टचेज’का बारेमा उनले फेस्टिभलमा चर्चा गर्नेछिन्। उनको यस पुस्तकले सन् २०२३ मा उत्कृष्ट आख्यानका लागि ‘सुशीलादेवी अवार्ड’ पाएको थियो। दर्जन बढी विदेशीसहित २०० भन्दा बढी वक्ता साथै चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहने छ।

यस वर्षको फेस्टिभलमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विद्वत्प्रवचन दिने छन्। उनले ‘संविधान र सुशासन’ विषयमा विद्वत्प्रवचन दिने कार्यक्रम छ। फेस्टिभलमा पत्रकार विजय कुमार, सांसद एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृङ्खला खतिवडा, अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायतको पनि उपस्थिति हुने आयोजकले जनाएको छ।

फागुन ३ देखि ७ गतेसम्म ५ दिन चल्ने साहित्य महोत्सवमा फेस्टिभलको पहिलो दिन ‘वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू’ पुस्तक विमोचन हुँदै छ। नेता सीके राउत, लेखक खगेन्द्र संग्रौला, प्राडा. कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवं उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैंकर अनिलकेशरी शाह, प्रा. कुसुम शाक्य, नेत्री समीक्षा बास्कोटालगायत फेस्टिभलमा आउँदै छन्।

(समाचारस्रोत : विकास राेका पोखरा)

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.