नेपाल विशेषमनोरञ्जन

एलिनाको ‘तिमीविना चल्दैन मेरो संसार’

381views

प्रेम दिवसको पूर्वसन्ध्यामा गीतकार तथा संगीतकार लेखु सहयात्रीले प्रेम तथा समर्पण भावले ओतप्रोत गीत ‘तिमीविना चल्दैन मेरो संसार’ बजारमा ल्याएका छन् । ‘एलिना चौहान अफिसियल युट्युब च्यानल’मार्फत सार्वजनिक भएको यस गीतलाई स्वयं गायिका एलिना चौहान र नेपाल आइडलबाट आफ्नो पहिचान बनाएका गायक किरण भुजेलले स्वर दिएका छन् ।

सफ्ट मेलोडी विधाको यस गीतमा प्रेम भावलाई गहिराइमा प्रस्तुत गर्ने र म्युजिक भिडियो पनि सोहीअनुसार निर्माण गरिएको गीतकार तथा संगीतकार लेखु सहयात्रीले बताए । रूपेश थापाले निर्देशन तथा छायाकन गरेको यस गीतको भिडियोमा चर्चित मोडल स्मारिका ढकाल र सुरेश कोहलीले अभिनय गरेका छन् ।

कलाकारद्वय स्मारिका र सुरेशको कथा अवधारणामा बनेको म्युजिक भिडियोमा कोरियोग्राफिमा शास्त्रीय नृत्यको पनि समावेश छ । गीतको भिडियो सम्पादन मलिन विश्वकर्माले गरेका हुन् भने संगीत एरेन्ज विषम अाचार्यले गरेका हुन् । यसैगरी साजन शाहले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

हेर्नुहोस् पुरा भिडियो :

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.