समाचार

जेनेस सलुसनले खोल्यो नाइजेरियामा कार्यालय

362views

बेलायतमा मुख्यालय भएको सूचना प्रविधि (आइटी) सेवाप्रदायक परामर्शदाता कम्पनी ‘जेनेस सलुशन’ले नाइजेरियामा आफ्नो कार्यालय खोलेको छ। अफ्रिका महादेशमा सूचना प्रविधिसम्बन्धी कम्पनी स्थापना गर्ने नेपाली उद्यमीले नेतृत्व गरेको जेनेस सलुशन (genese solution) सम्भवत: पहिलो कम्पनी हो।

‘नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो सूचना प्रविधि बजारमात्रै हैन, प्रविधि हबको रुपमा उदाउँदै गरेको मुलुक पनि हो। संसारकै क्लाउड सेवा प्रदायकहरु उदाउँदा बजारहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बेला हामीले पनि नाइजेरियामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेका हौँ’, जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भने।

जेनेस सलुशन नाइजेरियाले नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरुलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सलुशन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवाहरु उपलब्ध गराउने छ।

‘एकजना नेपाली उद्यमीले नेतृत्व गरेको कम्पनी नाइजेरियामा स्थापना हुनु एउटा गौरवको कुरा हो। यसले नेपालीहरुको सीप र दक्षताबारे बाँकी विश्वले थाहा पाउनुका साथै नेपाल सूचना प्रविधिको हबको रुपमा उदाउँदै छ भन्ने संदेश पनि दिएको छ’, नाइजेरियास्थित औद्योगिक प्रतिष्ठान ‘डाङोटे ग्रुप’का वरिष्ठ व्यवस्थापक तथा गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले भने ।

थापाले जेनेस सलुशनलाई अफ्रिकाभरि आफ्नो सेवा विस्तार गर्न सफलता मिलोस् भन्ने शुभकामना पनि दिएका छन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.