समाचार

चार महिनादेखि युकेमा हराएका अविशेक सुनार : खोजिदिन आमाको आग्रह

448views

दुई वर्ष पहिले युके आएका अविशेक सुनुवारको उद्देश्य थियो पढ्ने र काम गरेर बचेको रकम घर पठाउने । नभन्दै उनले काम पनि पाए । बिस्तारै काम गर्ने ठाउँमा राम्रो गरेकाले उनलाई स्किल भिसा मिल्यो । त्यसपछि उनी विद्यार्थीबाट कामदारको रुपमा रहन थाले । घरमा नियमित पैसा पठाउन थाले ।

यहीबीचमा अविशेक नेपालस्थित बर्दिया गुलरिया वडा नम्बर ७ मा रहेको आफ्नो घर गए । नेपाल गएर फर्किएको केही महिनासम्म घर परिवारसँग सम्पर्कमा थिए । तर अहिले चार महिनादेखि (गत डिसेम्बरदेखि) उनी सम्पर्कमा छैनन् । त्यसअघि पनि एक्लै बस्ने, कसैलाई फोन नगर्नेजस्तो बानी देखिन थालेको आमा शान्तीदेवी सुनार बताउँछिन् ।

शान्तीले अहिले आफ्नो छोरा खोजिदिन सबैसँग आग्रह गरेकी छिन् । अब परिवारले प्रहरीलाई पनि खोजिदिन रिपोर्ट लेखाउने निर्णय गरेको तर नेपाली दुतावास युकेसम्म पहुँच नपुग्दा कहाँ गएर उजुरी गर्ने आफूलाई थाहा नभएको शान्तीदेवी बताउँछिन् ।

‘म नेपालको पनि गाउँमा बस्ने मान्छे । कहाँ गएर के भन्ने केही थाहा छैन । तपाईंहरू सबैसँग म छोरा खोजिदिन आग्रह गर्छु’, आमा शान्तीदेवीले नेपालीन्युज युकेसँग भनिन् ।

शान्तीदेवी अहिले बर्दियाको गुलरिया-७ मा बस्छिन् । उनीहरूको पुरानो ठेगाना भने जुम्ला हो । अविशेक सुनार (Abhishek Sunar) को पासपोर्टमा पनि जुम्ला नै ठेगाना लेखिएको छ । छोरा हराएदेखि निकै तनावमा रहेको सुनार परिवारले युकेमा रहेका सबै नेपालीलाई सहयोग गरिदिन आग्रह गरेको छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response