समाचार

पिटरबरोमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

306views

बेलायतको पिटरबरोमा ब्याडमिन्टन प्रतिस्पर्धा सम्पन्न भएको छ। दम्पती/मिश्रित (Couple/Mixed)  र  पुरुष जोडी (Men’s Double) गरि दुई फरक समुहमा भएको प्रतिस्पर्धामा पिटरबरो, नटिङ्घम, लेस्टर, बर्मिङ्घम र लण्डनबाट गरी जम्मा २४ टोलिले सहभागी भएर दशवटा सामाजिक संस्थाको प्रतिनिधित्व गरेका थिए।

दम्पती/मिश्रित समुहतर्फको फाइनल प्रतिस्पर्धामा पिटरबरोका दलबहादुर थापा र लक्ष्मी थापाको दम्पतीले पिटरबरोकै मेघा पौडेल र रिया बिष्टको मिश्रित जोडिलाई पराजित गर्दै विजेता बने। त्यसैगरि बर्मिङ्घमका दाजु-बहिनी बिनोद थापा र बिनिता थापाको मिश्रित टोलिलाई पछि पार्दै पिटरबरोका डा. राजु सापकोटा र बबिता सापकोटाको दम्पतीले तेस्रो स्थान सुरक्षित गरे।

पुरुष जोडीतर्फ फाइनलमा लण्डनका सुराजन कार्की र प्रतिक राईले पिटरबरोका दलबहादुर थापा र मनिराज जोल्मी विरुद्ध १५-०८ र १५-०९ को लागातर दुई जीतसँगै प्रथम स्थान प्राप्त गरेका थिए।

बिजेता टोलिह र सहभागी खेलाडीहरूलाई पिटबरो नेपाली समाजका अध्यक्ष केशव खतिवडा, ट्रस्टी संयोजक महेश अधिकारी र गोर्खा नेप्लिज कम्युनिटि पिटरबरोका अध्यक्ष मनिराज जोल्मिले पदक, प्रमाणपत्र र नेपालको झण्डा अंकित ‘एअर फ्रेसनर’ प्रदान गरे ।

आयोजकका अनुसार यो ब्याडमिन्टन प्रतिस्पर्धा मिड्ल्याण्ड्सको नेपाली समुदायबिच पहिलो प्रतिस्पर्धा भएकोले ब्यावसायिक रुपमा अब्बल खेल प्रदर्शनि भन्दा पनि सामुदायिक स्वास्थ सचेतना प्रवर्द्धन गर्ने उद्देश्यले  गरिएको हो। सोही उद्देश्यलाई आत्मसात गर्दै गत अक्टोबर अन्तदेखि पिटरबरोमा हरेक आइतबार विभिन्न उमेर समुहका महिला पुरुषहरुको उपस्थितिमा ब्याडमिन्टन अभ्यास  गरिँदै आएको छ।

प्रतिस्पर्धाको समापनका अवसरमा पिटबरोमा भइरहेको अभ्यासमा राम्रो प्रगति गर्ने एक महिला र एक पुरुषलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुनेमा सुबर्णराज पाण्डे र राधा लुईँटेल भण्डारी थिए।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response