नेपाल विशेषसमाचार

नर्वेमा नेपाल चिनाउने फोटोहरू

506views

नर्वेमा रहेका निर्देशक एवं कवि प्रकाश आङ्देम्बेले सोमबार फेसबुकमार्फत् त्यहाँ भइरहेको प्रदर्शनीमा नेपाली फोटोग्राफरको फोटो हेर्न पाउँदा निकै खुसी लागेको कुरा पोस्ट गरे।

खासमा उक्त प्रदर्शनी अन्तर्राष्ट्रिय कथा कथन कार्यशाला २०२४ अन्तर्गत बङ्लादेश, नर्वे र नेपालको संयुक्त प्रोजेक्टमा २४ जना फोटोग्राफरले खिचेको फोटो-कथा प्रदर्शनी हो । साथै ती फोटोहरू ‘It’s in our Nature’ शीर्षकको फोटो-बुक (पुस्तक)मा पनि प्रकाशित भएको छ।

‘नेपाल चिनाउने फोटोहरू नर्वेमा प्रदर्शनी हुनु र पुस्तक नै प्रकाशन हुनु हामी सबैको लागि गर्वको कुरा हो। यसले अरू नेपाली कलाकारलाई पनि प्रेरणा दिएको छ’, नेपालीन्युज युकेसँग कुरा गर्दै आङ्देम्बेले भने।

नेपालबाट यस प्रोजेक्टमा आठजना फोटोग्राफर सहभागी थिए । इनुमा राई, आकृति श्रेष्ठ, मनोज बोहरा, पोशन शाही, रेजिन पुर्जा, सविन ज्ञवाली, सुशिला विश्वकर्मा र उपासना श्रेष्ठ रहेका थिए।

कार्यशालामा सहभागी तीन देशका फोटोग्राफरहरू।

गत फेब्रुअरीमा ४५ दिनसम्म नेपालमा भएको कार्यशालामा तीन देशका आठ/आठजना फोटोग्राफर गरी जम्मा २४ जनाले नेपालको लप्सीफेदी, सिरहा, खोटाङ, नुनढाकी, कावासोती, मकवानपुर, काठमाडौं, दमौली, पाल्पा, अन्नपूर्ण बेसक्याम्प, जाजरकोटलगायत ठाउँमा फोटो कथा खिचेका थिए।

कार्यशालामा सहभागी इनुमा राईले नेपालीन्युज युकेसँग कुरा गर्दै नेपाली युवासहित अरू देशका फोटोग्राफरले खिचेका नेपाल चिनाउने तस्बिरहरू अन्तर्राष्ट्रिय मञ्चमा पुग्दा निकै खुसी लागेको बताएकी छिन्।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.