
बिहिबार काठमाडौंको ज्ञानेश्वरस्थित नेपाली इसाइ मन्डली चर्चको हलमा एक ऐतिहासिक कार्यक्रम भयो । इसाइ साहित्य तथा सङ्गीत क्षेत्रका अग्रज श्रष्टा लोकनाथ मनेनको Replica Watches Shop शब्द र धुनमा चालिस मिनेट लामो क्यान्टाटा गीत ‘माया त्यो स्वर्गीय-१९८४’ प्रस्तुत गरियो ।
एकैसाथ ५० जनाभन्दा बढी क्वायरले गीत गाएको क्यान्टाटामा स्वर दिन गायक राजु तामाङ अग्रस्थानमा थिए । कार्यक्रमको केन्द्र बनेका श्रष्टा लोकनाथ मनेनलाई वरिष्ठ पास्टर रोल्यान्ड replica rolex watches रोङगङले दोसल्ला ओढाई तथा पास्टर अशोक मुखिया अभिन्नदन-पत्रले अभिनन्दन गरे । सोही अवसरमा इसाइ साहित्य तथा संगीतका क्षेत्रमा योगदान पुर्याएका साहित्यकारहरू रेभ शलोन कार्थक र डा. छत्र पावल सुव्बालगायत एघार जना कलाकारलाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सम्मान गरे ।

प्रमुख अतिथि कुलपति भूपाल राईले इसाइ साहित्य र संगीतले समग्रमा नेपाली भाषा र साहित्यलाई माथि उठाउनेमात्र नभई आधुनिक शैली भित्र्याउन योगदान दिएको कुरा स्मरण गरे replica rolex watches । उनले भने, ‘नेपाल प्रज्ञा-प्रतिष्ठान सबै धर्म, जात, भाषा, क्षेत्र, समुदायको साझा प्रतिष्ठान हो । त्यसमाथि नेपाली साहित्य र संगीतलाई माथि लैजान इसाइ क्षेत्रको साहित्यले पुर्याएको योगदान हामीले भुल्न मिल्दैन ।’
अर्का अतिथि कवि श्रवण मुकारुङले इसाइ साहित्य र संगीतले नेपाली समाजमा पुर्याएको योगदानको प्रशंसा गरे । ‘नेपाली संगीतमा क्यान्टाटा विरलै सुन्न पाइन्छ । त्यसमा पनि यसरी सयौं कलाकारले लाइभ गाएर प्रस्तुत गरिएको क्षण नेपाली संगीत इतिहासमा एकाध पटकमात्र भएको छ’, मुकारुङले भने ।
ग्रेस खालिङले सञ्चालन गरेको कार्यक्रमको सभाअध्यक्ष डा. मंगलमान महर्जन रहेका थिए । ‘युनाइटेड नेपाली रिभाइबल चर्च बेलायत’ र ‘भिनयार्ड स्टुडियो’को आयोजनामा भएको कार्यक्रमको परियोजनाकार तथा संयोजक कवि खुपेन सुनुवार रहेका थिए । खुपेनले बेलायत नै बसेर तीन वर्षको तयारीपछि यो क्यान्टाटा गीत तयार पार्ने कामको संयोजन गरेका थिए ।

कार्यक्रममा वरिष्ठ संगीतकार कर्म योन्जन, प्रकाश गुरुङ, पूर्ण नेपाली, राजु सिंह, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, चलचित्रकर्मी प्रकाश सायमी, गायिका सुक्मित गुरुङ, धनुषा घले तथा कविहरू मिथोच, अमरदीप सुनुवार, इँगिहिपो कोइँचलगायतको उपस्थिति रहेको थियो ।
हेर्नुहोस् कार्यक्रमका केही तस्बिरहरू :







