माइला, पाहाडी र सोमलाल जस्ता थारूहरूको विशेषता बोकेको बुह्रान उपन्यास थारू भाषा, संस्कार र संस्कृतिको अध्ययन गर्ने अध्येताहरूको हकमा महत्वपूर्ण कोसेढुंगा साबित भएको छ ।
पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा विपन्न , उत्पीडित समुदायका खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकार्पण नेपाली दम्पतीले नै गरे ।
प्रतियोगितामा सहभागी उत्कृष्ट २० निबन्धहरु संग्रहको रुपमा प्रकाशन गरिने र संग्रहमा प्रकाशित हुन बाँकी १७ निबन्धकारलाई जनही २ हजार रुपैयाँ सम्मानस्वरुप दिइने छ ।
लन्डनका वरिष्ठ वकिलहरू (ब्यारिष्टर) सँग भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धी नयाँ नियमबारे अन्तरक्रिया आयोजना गरिएको छ । लन्डनस्थित ‘एभरेष्ट ल...