दक्षिण एसियामा कानुनी रूपमा समलिङ्गी विवाह गर्ने पहिलो जोडी बने नेपालका माया गुरुङ र सुरेन्द्र पाण्डे
नेपालमा मंसिर १३ गते बुधबार समलिङ्गी महिला माया गुरुङ र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको कानुनी प्रमाण-पत्र प्रदान गरिएको छ । योसँगै दक्षिण एसियाली मुलुकमा नेपाल समलिङ्गी वा फरक लैङ्गिक क्षमता भएकाहरूको विवाहलाई कानुनी मान्यता दिने पहिलो देश बनेको छ । नेपालको लमजुङ जिल्ला दोर्दी गाँउपालिकाको वडा कार्यालयले ३८ वर्षीय माया...












