नेपालबाट यस प्रोजेक्टमा आठजना फोटोग्राफर सहभागी थिए । इनुमा राई, आकृति श्रेष्ठ, मनोज बोहरा, पोशन शाही, रेजिन पुर्जा, सविन ज्ञवाली, सुशिला विश्वकर्मा र उपासना श्रेष्ठ रहेका थिए।
भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार २०७९–२०८० सालको लागि संगीतकार, गायक तथा लेखक हिरण्य भोजपुरेलाई भोजपुर प्रतिभा सम्मान र कवि करुणा राईलाई भोजपुर प्रतिभा पुरस्कार अर्पण गरेको छ ।
यतिबेला बन्द कोठामा मेरा लागि लोग्नेमान्छे, लोग्ने मान्छे हुन्थेनन्। मासुको चोक्टा लुछिरहेका गिद्धजस्ता हुन्थे। सुरु सुरुमा मलाई याद छ, म प्रतिकार गर्न सक्दिनँ थिएँ। मलाई पैसा चाहिएको थियो।
सूचीमा कवि देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, मिथोचको ‘आगोको पिदार’, गगन योक्पाङ्देनको ‘केवाफुङको गीत’, सुशीला खड्का ‘हसिना’को ‘पहिरोभित्रको घाम’ तथा प्रकाश रम्घालीको ‘साँझको सङ्गत’ रहेका छन् ।